काठमाडौँ । नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालले दैनिक तीन हजार र वार्षिक ६ लाख ४७ हजार २ सय १५ जनालाई बहिरंग सेवा प्रदान गर्दै आएको छ। विसं १९४७ साउन १२ गते ३ वीर शमशेरको पहलमा स्थापना गरिएको वीर अस्पतालले आज साउन १२ गते १३६ औं स्थापना दिवस मनाएको छ।
स्थापनाका समयमा १५ बेडबाट सुरु भएको अस्पताल अहिले एक हजार बढी बेडमार्फत स्वास्थ्य सेवा प्रदान गरिरहेको छ। गत आर्थिक वर्ष २०८१/०८२ मा वीर अस्पतालले कुल ६ लाख ४७ हजार २ सय १५ जनाले बहिरंग सेवा लिएका छन। यो अनलाइनबाट सेवा लिएका नयाँ तथा पुराना बिरामीहरुको समेत तथ्यांक हो। यो एक वर्षको अवधिमा वीर अस्पतालबाट आकस्मिक सेवा लिनेको संख्या ३५ हजार १ सय ४१ छ। यसैगरी अन्तरंग सेवा लिनेको संख्या २१ हजार २ सय २४ जना छन। यसैगरी यो अवधिमा २६ हजार ४ सय ४६ पटक अप्रेशन सेवा प्रदान गरेको छ । निदानात्मक सेवा अन्तर्गत १२ लाख ७१ हजार १ सय ९८ वटा प्रयोगशाला परीक्षण गरेको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा। डा। भुपेन्द्र बस्नेतले अस्पतालले सिमित आर्थिक स्रोतका बीचमा पनि स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताएका छन। उनले ूसिमित साधन स्रोतका बिचमा पनि वीर अस्पतालले आफ्नो सेवा प्रवाहलाई चुस्त राखेको छ, हाल दैनिक ३ हजार बीरामीलाई अस्पतालले सेवा दिइरहेको छ।ूउपकुलपति बस्नेतले १३६ ओैं स्थापना दिवसका अवसरमा बताएका छन। अस्पतालले गत आर्थिक वर्षमा १६ हजार ९ सय ९९ वटा सिटि स्क्यान सेवा प्रदान गरेको छ भने ८ हजार २० वटा एमआरआई र ६१ हजार ८ सय २५ पटक अल्ट्रासाउन्ड सेवा दिएको छ।
यस्तै ६ हजार ६ सय १० जनाको इन्डोस्कोपी, १ हजार ८ सय ७६ जनाको कोलोनोस्कोपी, १६ हजार २ सय ९७ पटक इको कार्डियोग्राफी, ८५ जनाको कोरोनरी एन्जियोप्लास्टी , ३ सय ६६ जनाको कोरोनरी एन्जिओग्राफी, २६ जनाको मृगौला प्रत्यारोपण, २ सय ८९ जनाको रेडियो थेरापी सेवा ९टोमोथेरापी०, ८ सय १५ जनाको फाइव्रो स्क्यान तथा १७ हजार २० पटक फिजियोथेरापी सेवा प्रदान गरेको अस्पतालले जनाएको छ।