Online Nepal शुक्रबार, बैशाख २१ २०८१

नेपाल थाइल्यान्ड हवाई सम्झौता पुनरावलोकनः अब हप्तामा २८ उडान

नेपाल थाइल्यान्ड हवाई सम्झौता पुनरावलोकनः अब हप्तामा २८ उडान


मध्यान्तर
  • शुक्रबार, कार्तिक १६ २०७५

  • काठमाडौं । नेपाल र थाइल्यान्डबीचको द्विपक्षीय हवाई सम्झौता पुनरावलोकन भएको छ। सन् १९७१ मा पहिलोपटक भएको हवाई सम्झौता बिहीबार पुनरावलोकन भएको हो।

    थाइ नागरिक उड्डयनका महानिर्देशक चुला सुकमानेप र नेपालको तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव शुरेस आचार्यले उक्त सम्झैतामा हस्ताक्षर गरेका हुन्।

    नयाँ परिवेशमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्थाले निर्धारण गरेको मापदण्डअनुसार पुनरावलोकन भएको नेपाली टोलीको नेतृत्व गरेर गएका सहसचिव शुरेश आचार्यले जानकारी दिए। सम्झौताका बारेमा वार्ता गर्न नेपालबाट मन्त्रालयका सहसचिव शुरेस आचार्य उपसचिव प्रमोद नेपालको टोली गएको थियो।

    सम्झौताअनुसार अबदेखि दुवै देशका एयरलाइन्सले हप्तामा २८ वटा उडान भर्न पाउने छन्। कुनै पनि प्रकारको जहाजबाट दुवै देशका एयरलाइन्सले हप्तामा २८ उडान गर्ने छन्। यसमा नेपालमा थाइ एयरलाइन्सहरुलाई काठमाडौं बाहिरका विमानस्थलमा उडान गर्न उत्प्रेरित गर्ने सम्झौता भएको आचार्यले बताएका छन्।

    यसअघि दुई देशका एयरलाइन्सले हप्तामा १० वटासम्म उडान गर्न मिल्ने व्यवस्था गरेको थियो। त्यस्तै नयाँ सम्झौताअनुसार दुईदेशबीच हुने कार्गो उडानको सीमा तोकिने छैन।

    अहिले थाइल्यान्डका थाइ एयरवेज र थाइलायन एयरलाइन्सले नेपालमा उडान भरिरहेका छन भने नेपालबाट नेपाल एयरलाइन्सले उडान भरिरहेको छ।

    प्रतिक्रिया
    थप समाचार