काठमाडौँ । गत भदौ २३ र २४ गते जेनजीको आन्दोलमा विद्यार्थीको उत्तरपुस्तिका नष्ट भएपछि प्राविधिक शिक्षा तथा व्यवसायिक परिषद ( सीटीईभीटी) ले पुन: परिक्षा गर्ने भएको छ । परिक्षा आगामी मंसिर ४ गतेदेखि हुने सीटीईभीटीले जनाएको छ ।
जेनजी आन्दोलनमा सीटीईभीटीको डिप्लोमा, प्रमाणपत्र र प्रि-डिप्लोमा तहका परीक्षाको १४ हजार ७०० वटा उत्तरपुस्तिका जेलेको जनाइएको छ । उत्तरपुस्तिकाहरु सुरक्षाका लागि प्रहरी कार्यालयमा राखिएका थिए ।