Online Nepal शनिबार, जेष्ठ ५ २०८१

दर्शकको मन मुटुमा बस्न मन छ: मोडल तथा नायिका भण्डारी

दर्शकको मन मुटुमा बस्न मन छ: मोडल तथा नायिका भण्डारी

सबै राम्रो नै लाग्छ सबै गितमा खेल्ने गरेको छु ।


अरबिन्द्र गौतम
  • शनिबार, कार्तिक २४ २०७५

  • सिन्धुपाल्चोक जिल्लामा जन्मनुभएकी मोडल तथा नायिका रेजिना भण्डारी छोटो समयमै चर्चामा आउन सफल मोडल तथा नायिकामा पर्दछिन् । नयाँ नयाँ ठाउँहरु घुम्न , नयाँ मान्छेहरु भेट्न, डान्स गर्न मन पराउने मोडल तथा नायिका भण्डारी आज भोलि मोडलिङ्मा निकै ब्यस्त रहेको वताउँछिन्। प्रस्तुत छ नेशनल पावर न्युजका लागि अरबिन्द्र गौतमले मोडल तथा नायिका रेजिना भण्डारी सँग गरेको छोटो कुराकानीः

    ० नेशनल पावर न्युजको पावर टकमा स्वागत छ ,
    धन्यवाद

    ० आज भोलि केमा ब्यस्त हुनुहुन्छ ?
    फिल्ममा पनि काम गरिएको छु साथ साथै आज भोलि म्युजिक भिडियोमा पनि अलि ब्यस्त छु ।

    ० अहिलेसम्म कति म्युजिक भिडियो वटा खेल्नु भयो ?
    फिल्ममा पनि काम गर्दै गरेकोले धेरै खेल्न पाएको छैन,अहिलेसम्म दुई वटामा खेलेको छु अहिले नयाँ म्युजिक भिडियो आउने क्रममा छ ।

    ० कस्तो खालको गीतमा बढी खेल रुचाउनु हुन्छ ?
    मलाई सबै खालको मन पर्छ यो त्यो भन्नी हुन्न सबै राम्रो नै लाग्छ सबै गितमा खेल्ने गरेको छु ।

    ० मोडलीङ क्षेत्र बाट कतिको सन्तुष्ट हुनुहुन्छ ?
    सन्तुष्ट नै भएको कारणले लागी रहेको छु । सन्तुष्ट नभएको भए निरन्तरता दिने थिइन ।

    ० यस क्षेत्र बाट नै बाँच्न सकिन्छ ?
    त्यो सवै दर्शकको हातमा छ , सबै दर्शक श्रोताको माया र साथ पाइयो भने अबस्यनै बाँच्न सकिन्छ ।

    ० कस्को प्रेरणाबाट यस् क्षेत्रमा लाग्नुभयो ?
    मलाई सानै देखी डान्स गर्न , नक्कल गर्ने मन पर्ने भएको कारण म आफै यस क्षेत्रमा लागेको हु ।

    ० कस्तो नायिका तथा मोडल बन्न मन छ ?
    मलाई सबै दर्शकले मन पराउने र दर्शक श्रोताकोहरुको मन मुटु बाट कहिलै नहट्ने खालको लोक प्रिय बन्न मन छ ।

    ० तपाईंले चलचित्र पनि खेल्नु भएको छ भन्ने सुनिएको छ, हाल सम्म कति वटा चलचित्रमा खेल्नु भएको छ ?
    खेलेको छु , मैले अहिले सम्म तीन चार वटा चलचित्रमा खेलेको छु ।

    ० ठुलो पर्दामा काम गर्न सजिलो कि सानो पर्दामा ?
    काम दुबैमा उस्तै हो, मेहनत दुबैमा गर्नु पर्छ । मलाई दुबैमा सजिलो नै लाग्छ तर सानो पर्दामा केही सहज हुन्छ ।

    तपाईंले मोडलिङ गरेको सबै भन्दा चर्चाको गित कुन हो ?
    एक बर्ष अगाडि भोजपुरी फिल्म दिलवाको ओठ लालि से रोटी बोरके गित धेरै चर्चा आएको थियोे ।

    ० मोडलीङ क्षेत्र आएको बिकृति लाई कसरी लिनु भएको छ ?
    मलाई त्यस्तो केहि लाग्दैन आफ्नो कामलाई जसरी देखाए पनि हुन्छ ।

    ० नायिका तथा मोडलहरुले अहिले पछिल्लो समय पनि अङ्ग प्रदर्शन गरेर चर्चा कमाएका छ्न भन्ने सुनिन्छ के चर्चामा आउन अङ्ग प्रदर्शन नै गर्नु पर्ने हो र ?
    यो कुरा म मान्दिन चर्चामा चर्चामा आउन अङ्ग प्रदर्शन गर्नु पर्छ भन्ने छैन ।

    ० अन्तमा के केही भन्नु छ ?
    मलाई माया गर्नु हुने सबै दर्शक श्रोताकोहरु लाई छठ पर्वको शुभकामना मेरो नयाँ म्युजिक भिडियो आउदै छ हेरेर माया गर्नु होला भन्न चाहान्छु साथै तपाईं लगायत तपाईंको मिडियालाई मेरा मनका कुरा राख्ने मौका दिनुभएकोमा धन्यवाद ।

    प्रतिक्रिया
    थप समाचार