Online Nepal बुधबार, जेष्ठ ६ २०८३

प्रीती कौरको ‘पहिलो प्रेमको, पहिलो मात याद आयो’ सार्वजनिक

प्रीती कौरको ‘पहिलो प्रेमको, पहिलो मात याद आयो’ सार्वजनिक


मध्यान्तर
  • मंगलबार, फाल्गुन १२ २०८२

  • काठमाडौं । गीतकार प्रीती कौरको पछिल्लो गीत ‘पहिलो प्रेमको, पहिलो मात याद आयो’ (लिरिकल म्युजिक भिडियो) सार्वजनिक भएको छ। पहिलो प्रेमको मिठास, विछोडको पीडा र सम्झनाको भावनालाई समेटिएको उक्त गीतले श्रोतामाझ भावुक वातावरण सिर्जना गरेको छ।

    गीतमा शब्द प्रीती कौरकै रहेको छ भने संगीत भानु रामुदामुले भरेका छन्। गायक मनोज गुरुङ्गको स्वरमा सजिएको गीतलाई मनोहर सुनामले संगीत संयोजन गरेका हुन्। रेकर्डिस्ट अजय देव अधिकारी र अनिश लिम्बू रहेका छन् भने मिक्सिङ/मास्टरिङ गोविन्द सोनीले गरेका छन्। पुतलीसडक, काठमाडौंस्थित ए लेभल स्टूडियोमा रेकर्ड गरिएको उक्त गीतको लिरिकल भिडियो सम्पादन बिनोद बामले गरेका हुन्।

    यसअघि ‘मौन तस्विर’ कविता संग्रह प्रकाशित गरिसकेकी प्रीती कौरका एक दर्जनभन्दा बढी गीत रेकर्ड भइसकेका छन्। उनका केही गीत चलचित्रमा समेत समावेश भइसकेका छन्।

    प्रतिक्रिया
    थप समाचार