Online Nepal बुधबार, जेष्ठ ६ २०८३

स्वास्थ्यको एक खर्ब बजेटमा झण्डै आधा रकम भ्रष्टाचार हुन्छ : अध्यक्ष बस्नेत

स्वास्थ्यको एक खर्ब बजेटमा झण्डै आधा रकम भ्रष्टाचार हुन्छ : अध्यक्ष बस्नेत


मध्यान्तर
  • सोमबार, चैत्र १६ २०८२

  • काठमाडौं । स्वास्थ्य क्षेत्रको एक खर्ब बजेटमा झण्डै आदा रकम भ्रष्टाचार हुने गरेको नेपाल स्वास्थ्य व्यवसायी संघका अध्यक्ष नवराज बस्नेतले दाबी गरेका छन् । सोमबार राजधानीको संवाद डबलीमा संघले पत्रकार सम्मेलनको आयोजना गरी नेता, कर्मचारी र बिचौलियाले आफू अनुकुल ‘सार्वजनिक खरिद ऐन भ्रष्टाचार मैत्री’ बनाएको आरोपसमेत लगाए ।

    अध्यक्ष बस्नेतले विगतका पुराना सरकारमा सहभागी दलका प्रतिनिधिले स्वास्थ्य क्षेत्र सुधारका मुद्धाहरु अख्तियार गरे पनि त्यसलाई अत्याधिक भ्रष्टाचारको आधार तयार गरेको आरोप लगाएका छन् । बस्नेतले वर्तमान बालेन्द्र शाहा नेतृत्वको सरकारलाई भ्रष्टाचारको जालो तोड्ने ऐतिहासिक अवसर जनताले दिएकोले त्यस मौकालाई सरकारले नगुमाउने विश्वास राखे ।

    स्वास्थ्यमा छुट्याईने आ।बको कुल बजेटको ५० प्रतिशत रकम अपचलन हुने गरेको बताउँदै बस्नेतले भने,“मन्त्री, कर्मचारी, बिचौलिया र तस्कर व्यवसायीको मिलेमातोमा आधा खरब रकम लुटेर खाने प्रचलनमा ब्रेक लगाउन यो सरकारलाई अवसर छ ।”

    सार्वजनिक खरिद ऐन २०६३ नै स्वास्थ्य क्षेत्रको भ्रष्टाचारको मुल आधार रहेको जिकिर गर्दै बस्नेतले भने,“जनताको सेवा भन्दा पनि आफू र सिमित आसोपासेको दुनो साझ्यान पटकपटक खरिद ऐन संशोधन गरेर आफू अनुकुल बनाएका छन्, त्यसलाई अब जनमैत्री बनाउनु पर्छ ।”

    “व्यवसायीले दिएको स्पेसिफिकेसन(विवरण) र सर्तहरु हुबहु छापेर सेटिङमा बोलपत्र प्रकाशित गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारसम्म भ्रष्ट कर्ममाचरी र माफिया सक्रिय रहेका छन्” बस्नेतले भने ।

    झण्डै ३२ हजार डाक्टरहरु रहेकोमा २० प्रतिशत विदेश पलायन भइसकेको र बाँकीले आफ्नो विज्ञता अनुसार सहरदेखि दुर्गम, धनीदेखि गरिवसम्मलाई उपचार सेवा दिनुपर्नेमा उनिहरुलाई समान खरिद–बिक्री र प्रशासनीक झमेलामा परिएको बस्नेतको जिकर छ ।

    “यसरी करोडौं खर्च गरेर विज्ञता हासिल गरेका चिकित्सकहरुलाई अख्तियार र अदालतको फन्दामा पर्नुपर्ने अवस्थाको अन्त्य गर्न निश्चित मापदण्ड बनाउनुपर्छ” बस्नेतले थपे । यस्ता विविधि समस्या हल गर्न सरकारले केन्द्रदेखि स्थानीय तहसम्म अनुगमन समिति बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् ।

    प्रतिक्रिया
    थप समाचार