Online Nepal बुधबार, जेष्ठ ६ २०८३

नवप्रवर्तन प्रर्दशनी, आइटी प्रदर्शनमा चण्डीडीठा माध्यमिक विद्यालय प्रथम

नवप्रवर्तन प्रर्दशनी, आइटी प्रदर्शनमा चण्डीडीठा माध्यमिक विद्यालय प्रथम


मध्यान्तर
  • आइतबार, जेष्ठ ३ २०८३

  • काठमाडौं, । स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिकामा विद्यार्थीको प्रतिभा नवप्रवर्तन प्रर्दशनी एवं विद्यार्थीबीच प्रतियोगिता गरिएको छ ।

    प्रदर्शनी कार्यक्रममो प्रमुख अतिथि तथा फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले सूचना र प्रविधिको महत्व र आवश्यकता बढ्दै गएको बताउँदै गाउँ–गाउँमा सूचना र प्रविधिको पहुँचलाई सहज बनाउन सक्नु पर्ने बताए । सूचना र सञ्चारको युगमा सूचना प्रविधिमार्फत प्रविधिमैत्री बन्नु पर्ने कुरामा पनि जोडदिएका थिए ।

    नवप्रवर्तन प्रदर्शनीमा सहभागी विद्यार्थीले प्रदर्शन गरेका प्रतिभा अत्यन्तै अनुकरणीय रहेकोमा खुशी व्यक्त गर्दै रचनात्मक र सिर्जनात्मक कार्यलाई निरन्तरता दिन विद्यार्थीलाई आग्रह गरेका थिए । गाउँपालिकाले शैक्षिक सत्र २०७५÷०७६ देखि पालिकाभरका सबै माध्यमिक विद्यालयमा एक आइटी शिक्षक र एक शिक्षक, एक ल्यापटप उपलब्ध गराउदै आएको अध्यक्ष सुवेदीले बताए ।

    फेदीखोला गाउँपालिकाको आयोजनामा विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना भन्ने अभियानका साथ फेदीखोला गाउँपालिकाका विद्यार्थीले सूचना प्रविधिको उच्चतम उपयोग गर्दै विविध प्रतिभा प्रदर्शनी गरिएको हो । प्रतियोगितामा चण्डीडीठा माध्यमिक विद्यालय प्रथम भएको छ । प्रथम भएको विद्यालयले नगद २५ हजार सहित पुरस्कृत भएको छ । सो विद्यालयले जोबाएआई एसिस्टेन्ट सम्बन्धी प्रतिभा नवप्रवर्तन गरेको थियो ।

    जनप्रिय माध्यमिक विद्यालय द्वित्तिय भएको छ । नमुना वेबसाइड निर्माण गरेको विद्यालयले २० हजार नगद सहित पुरस्कृत भएको छ । सेग्रेटेड बेट एण्ड ड्राई अनुयूनो स्मार्ट डस्टबीन निर्माणगरी प्रदर्शन गरेको सिद्धार्थं माध्यमिक विद्यालय तृतीयभई नगद १५ हजार सहित पुरस्कृत भयो ।

    म्यानेजमेन्ट सफ्टवेयर प्रदर्शन गरेको दामगाडे माध्यमिक विद्यालय सान्त्वना पुरस्कार वापत नगद १० हजार पुरस्कार प्राप्त भएको छ । उक्त प्रर्दशनीमा गाउँपालिकाभित्रका ९ सामुदायिक विद्यालय र एक संस्थागत विद्यालयको सहभागिता रहेका थिए ।
    मूल्याङ्कन समितिका संयोजक गण्डकी बोर्डिङ स्कुल लामाचौर कास्कीका कम्प्युटर विज्ञान शिक्षक नवराज अधिकारीले जानकारी दिए । प्रर्दशनीबाट झण्डै १ हजार २ सय विद्यार्थी सहित जनप्रतिनिधि, अभिभावक, विद्यालय व्यवस्थापन प्रधानाध्यापक, शिक्षक, समिति, कर्मचारी लगायतले प्रत्यक्ष अवलोकन गरेका थिए । सोही कार्यक्रममा फेदीखोलामा जन्मभई अमेरिकाको क्यालिफोर्नियामा इन्जिनियरिङ सेवामा कार्यरत सन्तोष पोखेलले आइटी बारे जानकारी गराएका थिए ।

    कार्यक्रममा उपाध्यक्ष देउकुमारी गुरुङ चिजा), जिल्ला समन्वय समिति सदस्य वडा अध्यक्ष, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, अभिभावक विद्यालय प्र.अ. शिक्षक, विद्यार्थी गाउँपालिकाका कर्मचारीहरुको उपस्थिति रहेका थिए ।
    उक्त कार्यक्रम गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएका थिए ।

    प्रतिक्रिया
    थप समाचार