Online Nepal शुक्रबार, जेष्ठ १५ २०८३

निश्चल र सुरम्यलाई स्वर्ण

निश्चल र सुरम्यलाई स्वर्ण


मध्यान्तर
  • शुक्रबार, जेष्ठ १५ २०८३

  • काठमाडौँ ।  एपीएफका निश्चल थापा र नेपाल आर्मीकी सुरम्य शाक्यले ४२ औं राष्ट्रिय टेबलटेनिस च्याम्पियनसिपको पहिलो दिन बिहीबार स्वर्ण जितेका छन् । क्याडेट यु–१५ अन्तर्गत सिंगल्सको ब्वाइजमा निश्चल र गल्र्समा सुरम्यले स्वर्ण जितेका हुन् ।

    लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा निश्चलले गण्डकी प्रदेशका सुगम पौडेललाई ११–७, ६–११, ८–११, ११–५ र ११–९ को सेटमा पराजित गरे । लुम्बिनी प्रदेशका सुविन क्षेत्री तथा कोशीका गौतम तामाङ तेश्रो भए ।

    अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको गल्र्स फाइनलमा सुरम्यले नेपाल प्रहरीकी प्राज्ना महर्जनलाई १२–१०, ११–९ र ११–९ को सोझो सेटमा हराइन् । बागमती प्रदेशकी काभ्या शाक्य तथा एपीएफकी उरवी सुवाल तेश्रो बने । प्रतियोगिताको आयोजक टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमालले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिताअन्तर्गत सिनियरमा ७ तथा जुनियर र क्याडेटमा समान २–२ गरी ११ स्पर्धा समावेश छन् ।
    प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली (नेपाल प्रहरी÷नेपाल आर्मी÷एपीएफ) गरी १० टिमका १ सय १६ खेलाडी सहभागी छन् । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।

    प्रतिक्रिया
    थप समाचार