Online Nepal शनिबार, जेष्ठ ५ २०८१

बेपत्ता पत्रकार बानियाँको शब फेला

बेपत्ता पत्रकार बानियाँको शब फेला


मध्यान्तर संवाददाता
  • बुधबार, साउन २८ २०७७

  • काठमाडौं ।  गत सोमबार देखि बेपत्ता कान्तिपुर दैनिकका बरिष्ठ पत्रकार बलराम बानियाँको शव मकवानपुर मा फेला परेको छ।महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले मकवानपुरको भिमफेदि गाउँपालिका स्थित सिस्नेरीको माण्डु हाइड्रोपावरमा उनको शव फेला परेको जानकारी दिए।बानियाँको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा लगिएको छ।

    बुधबार बिहान उनको परिवार र कान्ततिपुर ले महानगरीय प्रहरी परिसर मा खोजीदिन भन्दै उजुुरी परेको  थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिए । प्रहरी स्रोतका अनुसार सिसिटिभी फुटेज र एक जना प्रहरीले सोमबार बानियाँलाई बल्खु चोकमा देखेका थिए ।

    तनहुँ स्थायी घर भएका बानियाँ लामो समयदेखि कान्तिपुर दैनिकमा काम गर्दै आएका थिए । केही समय उनले नागरिक दैनिकमा पनि काम गरेका थिए ।

    प्रतिक्रिया
    थप समाचार