Online Nepal आइतबार, जेष्ठ ६ २०८१

कोरोना संक्रमणको दर अहिलेसम्मकै उच्च, एकैदिन थपिए २०२० जना संक्रमित

कोरोना संक्रमणको दर अहिलेसम्मकै उच्च, एकैदिन थपिए २०२० जना संक्रमित


मध्यान्तर संवाददाता
  • शुक्रबार, असोज २ २०७७

  • फाइल तस्बिर

    काठमाडौं । देशैभर बितेको २४ घण्टामा कोरोना संक्रमितको संख्या २ हजार २० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो संख्या हालसम्मकै उच्च हो । यससँगै देशभर संक्रमितको कुल संख्या ६१,५९३ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम शुक्रबारको नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिए ।

    हालसम्म संक्रमण मुक्त हुनेको संख्या ४३ हजार ८२० पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणमुक्त हुनेको दर ७१.१ प्रतिशत रहेको छ । डा. गौतमले हाल संक्रमितमध्ये १७३ आईसीयूमा र ३६ जना भेन्टिलेटरमा रहेको बताए ।

    आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार २९५ र होम आइसोलेशनमा ८ हजार ०८८ जना रहेका छन् ।

    यस्तै आज ११ हजार ४५८ जनाको पीसीआर परिक्षण भएको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार