Online Nepal आइतबार, जेष्ठ ६ २०८१

उपत्यकामा कोरोना संक्रमणको ग्राफ बढ्दै, पछिल्लो २४ घण्टाभित्र ८५९ जनामा संक्रमण

उपत्यकामा कोरोना संक्रमणको ग्राफ बढ्दै, पछिल्लो २४ घण्टाभित्र ८५९ जनामा संक्रमण


मध्यान्तर संवाददाता
  • शुक्रबार, असोज २ २०७७

  • काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको ग्राफ दिनानुदिन बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा देशभर २०२० जनामा कोरोना संक्रमण हुँदा काठमाडौं उपत्यकामा मात्रै ८५९ जनामा कोरोना पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणले २४ घण्टाभित्र उपत्यकामा ८५९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबारको नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिए। उपत्यकामा बिहीबार मात्रै ६१८ जनामा कोरोना संक्रमण देखिएको थियो ।

    संक्रमित हुनेमा काठमाडौंका ६९८, भक्तपुरका ८२ र ललितपुरका ७९ जना रहेका छन् । डा. गौतमका अनुसार अहिले नेपालमा कोरोना भाइरसको कुल संक्रमित संख्या ६१ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा २ हजार २० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ ।

    मन्त्रालयले दिएको जनकारी अनुसार १७ हजार ३८३ कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै संस्थागत आइसोलेसनमा ९ हजार २९५ जना रहेका छन् भने होम आइसोलेसनमा ८ हजार ८८ जना छन् । क्वारेन्टाइनमा ७ हजार ७३६ जना रहेका छन् । पछिल्लो २४ घन्टामा ११ हजार ४५८ पीसीआर परीक्षण गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय ७१ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४३ हजार ८२० पुगेको छ । यस्तै मन्त्रालयका अनुसार आइसीयूमा १७३ र भेन्टिलेटरमा ३६ जनाको उपचार भइरहेको छ।

    मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार आज शुक्रबार मात्रै ७ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कोरोनाबाट ३९० जनाको मृत्यु भएको छ।

    प्रतिक्रिया
    थप समाचार