Online Nepal आइतबार, जेष्ठ ६ २०८१

पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना संक्रमण, एकै दिन १४४७ जनाले कोरोना जिते

पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना संक्रमण, एकै दिन १४४७ जनाले कोरोना जिते


मध्यान्तर संवाददाता
  • शनिबार, असोज ३ २०७७

  • फाइल तस्बिर

    काठमाडौं । देशैभर पछिल्लो २४ घण्टामा थप १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित प्रेस ब्रिफिङमार्फत उल्लेखित संख्यामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको छ।

    शुक्रबार २०२० जनामा संक्रमण पुष्टि भएको थियो । शुक्रबारको तुलनामा शनिबार झण्डै ५० प्रतिशत नै संक्रमितको संख्या घटेको छ ।

    प्रवक्ता डा. गौतमका अनुसार १७ हजार १२९ कोरोनाका सक्रिय संक्रमित छन् भने होम आइसोलेसनमा ७ हजार ९४८ जना र संस्थागत आइसोलेसनमा ९ हजार १५३ जना रहेका छन् । मन्त्रालयका अनुसार १७९ जनाको आइसीयूमा र ३५जनाको भेन्टिलेटर उपचार भइराखेको छ ।

    त्यस्तै २४ घण्टामा १४ सय ४७ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४५ हजार २६७ पुगेको छ ।

    कोरोना संक्रमणले २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसहित कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ४०१ पुगेको मन्त्रालयले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार