Online Nepal आइतबार, जेष्ठ ६ २०८१

उपत्यकामा २४ घण्टाभित्र ७११ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै ५७० जना संक्रमित

उपत्यकामा २४ घण्टाभित्र ७११ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै ५७० जना संक्रमित


मध्यान्तर संवाददाता
  • शनिबार, असोज ३ २०७७

  • काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमार्फत काठमाडौंमा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जनालाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

    यस्तै बितेको २४ घण्टामा देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । योसहित कुल संक्रमित संख्या ६२ हजार ७९७ पुगेको डा.गौतमले जानकारी दिए ।

    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४४७ जना निको भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ४५ हजार २६७ पुगेको गौतमले बताए । यसैबीच कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ४०१ पुगेको गौतमले बताए ।

    यस्तै आज देशभर सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १५३ जना र होम आइसोलेशनमा ९ हजार ९७६ जना रहेका छन् । यस्तै आज १०,३३३ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार