Online Nepal आइतबार, जेष्ठ ६ २०८१

देशैभर पछिल्लो २४ घण्टामा थप १३२५ जनामा कोरोना संक्रमण, ९६६ जना कोरोना जितेर डिस्चार्ज

देशैभर पछिल्लो २४ घण्टामा थप १३२५ जनामा कोरोना संक्रमण, ९६६ जना कोरोना जितेर डिस्चार्ज


मध्यान्तर संवाददाता
  • आइतबार, असोज ४ २०७७

  • फाइल तस्बिर

    काठमाडौं । देशैभर पछिल्लो २४ घण्टामा थप १३ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमार्फत उल्लेखित संख्यामा कोरोना पुष्टि भएको जानकारी दिए । योसँगै कोरोना संक्रमितको कुल संख्या ६४ हजार १२२ पुगेको छ।

    प्रवक्ता डा. गौतमका अनुसार १९० जनाको आइसीयूमा र ३६ जनाको भेन्टिलेटर उपचार भइराखेको छ। त्यस्तै १७ हजार ४७८ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

    २४ घण्टामा ९६६ जना कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४६ हजार २३३ पुगेको छ।

    त्यस्तै मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कोरोनाले २४ घण्टामा १० जनाको मृत्यु भएको छ भने योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार