Online Nepal आइतबार, जेष्ठ ६ २०८१

उपत्यकामा एकैदिन ७६७ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै ६०२ जना संक्रमित

उपत्यकामा एकैदिन ७६७ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै ६०२ जना संक्रमित


मध्यान्तर संवाददाता
  • आइतबार, असोज ४ २०७७

  • काठमाडौं काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७६७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमार्फत काठमाडौंमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै पछिल्लो २४ घण्टामा १३ सय २५ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ।

    त्यस्तै देशैभर पछिल्लो २४ घण्टामा थप १३ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमाका अनुसारहालसम्म कोरोना संक्रमितको कुल संख्या ६४ हजार १२२ पुगेको छ ।

    प्रवक्ता डा. गौतमले अहिले १९० जनाको आइसीयूमा र ३६ जनाको भेन्टिलेटर उपचार भइराखेको जानकारी दिए । उनकाअनुसार १७ हजार ४७८ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

    २४ घण्टामा ९६६ जना कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४६ हजार २३३ पुगेको छ।

    त्यस्तै मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार कोरोनाले २४ घण्टामा १० जनाको मृत्यु भएको छ भने योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४११ पुगेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार