Online Nepal आइतबार, जेष्ठ ६ २०८१

उपत्यकामा मंगलबार थप ६४७ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै ५११ जना संक्रमित

उपत्यकामा मंगलबार थप ६४७ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै ५११ जना संक्रमित


मध्यान्तर संवाददाता
  • मंगलबार, असोज ६ २०७७

  • काठमाडौं । काठमाडौं उपत्यकामा वितेको २४ घण्टामा थप ६४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार काठमाडौंमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा कोरोना संक्तमण पुष्टि भएको हो ।

    यस्तै उपत्यकासहित देशभर भने १ हजार ३५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै देशभर संक्रमितको कुल संख्या ६६,६३२ पुगेको छ ।

    डा. गौतमका अनुसार ८२३ जना बितेको २४ घण्टामा डिस्चार्ज भएका छन् भने यससँगै निको हुनेको कुल संख्या ४८ हजार ६१ पुगेको छ ।

    आज देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १४२ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार १९३ र होम आइसोलशेन ८ हजार ९४९ जना रहेका छन् ।

    यसैबीच बितेको २४ घण्टामा थप २ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ४२९ पुगेको गौतमले बताए । यस्तै आज १,१५४ जनाको पीसीआर भएको छ भने हालसम्म कुल ९ लाख ३४ हजार ९७७ जनाको परीक्षण भएको मन्त्रालयले उल्लेख गरेको छ ।

    प्रतिक्रिया
    थप समाचार