Online Nepal शनिबार, जेष्ठ ५ २०८१

प्रहरीले प्रहरी जस्तो देखिनु पर्छः महानिरीक्षक खनाल

प्रहरीले प्रहरी जस्तो देखिनु पर्छः महानिरीक्षक खनाल


मध्यान्तर
  • बिहिबार, पुष १२ २०७५

  • काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले प्रहरी जस्तो हुनुपर्ने बताएका छन् । प्रहरीले सेवा सुरक्षा दिन सधै तत्पर रहनु पर्ने भएकाले जनताको सेवामा अहारात्र खट्न आह्वान गरेका छ् ।

    साथै उनले बर्दी लगाएर हात फैलाएको सह्य नहुने बताउदै हातमा हात मिलाउन आग्रह गरेका छन् । विहिबार जिल्ला प्रहरी कार्यालय बाँकेमा विभिन्न प्रहरी यूनिटका इन्चार्जहरुलाई निर्देशन दिँदै महानिरीक्षक खनालले अनुचित प्रभावमा नपर्ने विशेष निर्देशन दिँदै, कसैको कुनै पनि प्रभावमा पर्ने जुनसुकै तहको प्रहरी भएपनि कारवाही गर्ने चेतावनी दिए ।

    उनले महिला तथा बालबालिकाविरुद्धका घटनामा प्रहरी अझ कडा रुपमा प्रस्तुत हुनुपर्ने देखिएको बताए।

    जिल्ला प्रहरी कार्यालय बाँकेमा नेपाल प्रहरीको सीआईबीका डीआईजी निरज शाहीसहित पुगेका महानिरीक्षक खनाललाई जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी दिए ।

    निर्मला हत्याकाण्डको विषयमा थप जानकारी लिने उद्देश्यले कञ्चनपुर जाने क्रममा महानिरीक्षक खनाल मंगलबार साँझ नेपालगञ्ज पुगेका हुन् ।

    प्रतिक्रिया
    थप समाचार