Online Nepal आइतबार, जेष्ठ ६ २०८१

उपत्यकामा पछिल्लो २४ घण्टामा ६३७ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै ४९२ जना संक्रमित

उपत्यकामा पछिल्लो २४ घण्टामा ६३७ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै ४९२ जना संक्रमित


मध्यान्तर संवाददाता
  • बुधबार, असोज ७ २०७७

  • काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबारको नियमित फ्रेस ब्रिफिङमार्फत काठमाडौंमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए ।

    मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार काठमाडौंमा ६३७ सहित देशभर भने ११७२ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये महिला ४२६ र पुरुष ७४६ जना रहेको डा. गौतमले जानकारी दिए । यससँगै देशभर कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको छ ।

    यस्तै हाल देशभर २२० जना आईसीयू र ४३ जना भेन्टिलेटरमा रहेका छन् । यस्तै हाल क्वारेन्टिनमा ७ हजार १०४ जना रहँदा कोरोना निको हुनेको संख्या भने ४९ हजार ९५४ जना रहेका छन् । अहिले देशभर १७ हजार ४१४ जना संक्रिय संक्रमित रहेका छन्। संस्थागत आइसोलेसनमा हुनेको संख्या ८ हजार २२८ पुगेको छ।

    यस्तै बितेको २४ घण्टामा एक महिला सहित ७ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४३६ पुगेको छ ।

    प्रतिक्रिया
    थप समाचार