Online Nepal बुधबार, जेष्ठ २ २०८१

हुन्डाई कम्पनीको यसपालिको दसैँ–तिहार, वेलकम टू हुन्डाई परिवार’ योजना सार्वजनिक

हुन्डाई कम्पनीको यसपालिको दसैँ–तिहार, वेलकम टू हुन्डाई परिवार’ योजना सार्वजनिक


मध्यान्तर
  • बिहिबार, असोज ८ २०७७

  • काठमाडौं । हुन्डाई अटोमोबाइल्स नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘यसपालिको दसैँ–तिहार, वेलकम टू हुन्डाई परिवार’ नामक योजना ल्याएको छ । कम्पनीले दसैँ, तिहार र छठ उत्सव मनाउने लक्ष्यसहित आगामी ५ मंसिरसम्म लागू हुने गरी योजना ल्याएको छ  ।

    उक्त योजना अनुसार ग्राहकले आकर्षण नगद छुटका साथै स्क्र्याच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको नगद छुट पाउन सक्ने जनाइएको छ । त्यस्तै, बम्पर उपहारअन्तर्गत लक्की ड्रमार्फत हुन्डाई औरा १ थान र हुन्डाई ग्र्यान्ड आई १० नियोस १ थान जित्न सक्ने कम्पनीले जनाएको छ ।

    यसको अलवा ग्राहकले १ वर्षको निःशुल्क बिमा पनि गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले यस कठिन समयमा स्वास्थ्यकर्मीहरूको समर्पण र अथक सेवालाई ध्यानमा राखी उनीहरूलाई सम्मानस्वरूप ‘विशेष प्याकेज’ दिने निर्णय गरेको जनाएको छ । कम्पनीले सबै हुन्डाई गाडीमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्री सर्भिसिङ र १ वर्ष निःशुल्क सवारीकर भुक्तानीसहित स्वामित्व हस्तान्तरणको सुविधा समेेत  दिएको  छ ।

    प्रतिक्रिया
    थप समाचार