Online Nepal मंगलबार, जेष्ठ १ २०८१

नबिल बैंकको नबिल ग्रीन पिन सेवा सुरु

नबिल बैंकको नबिल ग्रीन पिन सेवा सुरु


मध्यान्तर
  • शुक्रबार, असोज ९ २०७७

  • काठमाडौं । नबिल बैंकले नबिल ग्रिन पिन सेवाको सुरुवात गरेको छ । आफ्ना डेविट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटिएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्न नबिल बैंकले सो सुबिधा प्रधान गरेको हो ।

    ग्रिन पिन सेवा मार्फत आफ्ना नयाँ ग्राहकलाई नयाँ पिन सेट गर्न र पूराना ग्राहकहरुलाई बिर्सिएको पिन स्वयम्ले रिसेट गर्ने सुबिधा प्रधान गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा यसरी जुनसुकै स्थान र समयमा पिन सेट तथा रिसेट गर्न सकिने सुविधाले ग्राहकहरुलाई सुरक्षित र सहज सेवा प्राप्त हुने भन्ने बैंकको अपेक्षा छ। बैंकका देशभर ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु रहेका छन्।

    देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको हो। साथै यसले नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ र यसले ग्राहकको सन्तुष्टि सहित आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नु आफ्नो व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टि प्रदान गर्ने तर्फ केन्द्रित गरेको जनाएको छ।

    प्रतिक्रिया
    थप समाचार