Online Nepal शनिबार, जेष्ठ ५ २०८१

ट्रयाक्टर चोरी गरेर भाग्दै गर्दा एक युवक पक्राउ

ट्रयाक्टर चोरी गरेर भाग्दै गर्दा एक युवक पक्राउ


मध्यान्तर
  • बिहिबार, पुष १२ २०७५

  • काठमाडौं । धनुषामा ट्रयाक्टर चोरी गर्ने एक जना पत्राउ परेका छन् । उनले ट्रयाक्टर चोगरेर भाग्दै गरेको अवस्थामा प्रहरीले चोरलाई ट्रयाक्टरसहित पक्राउ गरेको हो।

    उनलाई धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ बाट गएराति ट्रयाक्टर चोरी गरेर भाग्दै गरेका रामकुमार सहनीलाई ढल्केबरबाट प्रहरीले पक्राउ गरेको हो। १८ वर्षीय सहनी धनुषाको मिथिला नगरपालिका–४ का स्थाई बासिन्दा हुन् ।

    जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बागबानीनजिकै सञ्चालित जयनाथ साहको बालुवा गिट्टीको डिप्पोमा ट्रयाक्टर लिएर फरार भएका थिए। ना. १ त. ५८८६ नम्बरको ट्रयाक्टर सहनीले चलाएर भाग्दै गरेको अवस्थामा पूर्व–पश्चिम राजमार्गअन्तर्गत ढल्केबरमा गस्तीमा रहेका प्रहरीले ट्रयाक्टर रोकेर चेकजाँच गर्दा चोरीको ट्रयाक्टर ठहरिएकोले तत्काल पक्राउ गरिएको जनाएको छ।

    ट्रयाक्टरको साँचो डिप्पोमै काम गर्ने एकजना कामदारले दिएपछि चोरी गरेर भागेको सहनीले प्रहरीसमक्ष बयान दिएका छन्। चोरी घटनामा अन्य व्यक्तिहरुको संलग्नतासमेत रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    थप समाचार