Online Nepal आइतबार, जेष्ठ ६ २०८१

स्वास्थ्य मन्त्रालयको निजी ल्यावलाई निर्देशनः २४ घण्टा भित्र कोरोना परिक्षणको शुल्क घटाउनु

स्वास्थ्य मन्त्रालयको निजी ल्यावलाई निर्देशनः २४ घण्टा भित्र कोरोना परिक्षणको शुल्क घटाउनु


मध्यान्तर संवाददाता
  • बुधबार, असोज १४ २०७७

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परिक्षणको लागि बढी शुल्क लिएको भन्दै ८ वटा निजी ल्याबलाई तत्काल शुल्क घटाउन निर्देशन दिएको छ ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकाका विभिन्न आठ वटा प्रयोगशालाले तोकिएको भन्दा बढी शुल्क लिएको पाइएको भन्दै तत्काल शुल्क घटाउन निर्देशन दिइएको जानकारी गराएका छन् ।

    उनले २४ घण्टाभित्र निजी ल्याबहरुले शुल्क नघटाए परीक्षण स्वीकृति खारेज गरिने जानकारी दिए । उनकाअनुसार त्यसका लागि राष्ट्रिय जनस्वास्थ्यलाई पत्राचार गर्न निर्देशन दिइएको छ । मन्त्रालयको गुणस्तर मापन महाशाखाले बुझाएको प्रतिवेदनमा विभिन्न ८ वटा ल्याबले तोकिएको भन्दा बढी शुल्क लिने गरेको पाइएको हो ।

    बढी शुल्क लिनेमा ह्याम्स हस्पताल, डिकोड ल्याब, इन्टिपेड ल्याब, नेपाल मेडिसिटी, सिडिएल, स्टार अस्पताल, बिएन्डबी र सूर्य हेल्थ केयर छन् । सरकारले सबै प्रयोगशालालाई अधिकतम २ हजार रुपैयाँ लिएर कोरोना भाइरसको पिसिआर परीक्षण गर्न भनेपनि उल्लेखित ल्यावहरुले २ दिन अगाडी सरकारले दिएको निर्देशन अवज्ञा गर्दै ३९ सय रुपैंयाँ नै परिक्षण शुल्क लिने सामूहिक बक्तव्य जारी गरेका थिए ।

    प्रतिक्रिया
    थप समाचार