Online Nepal आइतबार, जेष्ठ ६ २०८१

उपत्यकामा कोरोना संक्रमणको ग्राफ बढ्दै, एकैदिन ९०२ जना संक्रमित थपिए

उपत्यकामा कोरोना संक्रमणको ग्राफ बढ्दै, एकैदिन ९०२ जना संक्रमित थपिए


मध्यान्तर संवाददाता
  • बुधबार, असोज १४ २०७७

  • काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमार्फत काठमाडौंमा ६९७, भक्तपुरमा ९३ र ललितपुरमा ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

    त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको डा. गौतमले बताए । योसँगै कोरोना संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।

    २४ घण्टामा सात जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या ४९८ पुगेको छ । मन्त्रालयका अनुसार देशभर कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ। पछिल्लो २४ घण्टामा १५५९ जनामा संक्रमण पुष्टि भएको छ ।

    २४ घण्टामा एक हजार ५७ जना डिस्चार्ज भएका छन् भने योसँगै डिस्चार्ज हुनेको कुल संख्या ५६ हजार ४२८ पुगेको मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार