Online Nepal बुधबार, जेष्ठ २ २०८१

एनसेलले ल्यायो साप्ताहिक ‘पे एज यू गो’ ट्यारिफ योजना

एनसेलले ल्यायो साप्ताहिक ‘पे एज यू गो’ ट्यारिफ योजना


मध्यान्तर
  • बुधबार, असोज १४ २०७७

  • काठमाडौं। एनसेलले ग्राहकका लागि साप्ताहिक पे एज यू गो ट्यारिफ योजना ल्याएको छ। यो योजना अनुसार ग्राहकले जति धेरै डेटा प्रयोग गर्यो त्यसकै अनुपातमा शुल्क घट्ने छ।
    एनसेलले जति धेरै डेटा प्रयोग गर्यो शुल्क घट्दै प्रतिएमबिको ४० पैसा मै पाउन सक्ने योजना संचालन गरेको जनाएको हो। पे एज यू गो योजनामा मेन ब्यालेन्सबाटै हाल प्रतिएमजी २ रुपैयाँमा सेवा प्रयोग गरिरहेका तर प्याक सुविधा नलिएका ग्राहकहरुले अझ कम दरमा सेवा लिन सक्नेछन्। पे एज यू गो अन्तरग ग्राहकले एक सातामा डेटाका लागि २० रुपैयाँसम्म खर्च गरेमा हाल प्रति एमबी  २ रुपैयाँ शुल्क तिर्दै आएका छन्। तर अबदेखि एक सातामा ग्राहकले २० देखि ५० रुपैयाँसम्म डेटामा खर्च गर्ने बित्तिकै सेवा बापत प्रतिएमबी शुल्क १ रुपैयाँमा झर्छ। यदि ग्राहकले सातामा ५० रुपैयाँभन्दा बढी खर्च गर्ने बित्तिकै ग्राहकले त्यस साताको शनिबार मध्यरातसम्ममा लागि जम्मा ४० पैसा प्रतिएमबीमा डेटा सेवा लिन सक्ने कम्पनीले जनाएको छ

    प्रतिक्रिया
    थप समाचार