काठमाडौं । हिमाल पारिको जिल्ला भनेर चिनिने मनाङमा हिमपात सुरु भएको छ । पुषको मध्यपछि चिसो बढेसँगै मनाङमा उक्त क्षेत्रमा हिमपात सुरु भएको हो ।
मनाङको चिसो यसअघि नै माइनसमा झरेका कारण यहाँको तापक्रम हिमपातपछि माइनस २० डिग्रीमा झरेको छ । जिल्ला प्रसाशन कार्यालय मनाङले दिएको जानकारी अनुसार जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङगाउँलगायत स्थानमा हिमपात भएको हो ।
मनाङमा बिहीबार बिहानदेखि मौसममा खराबी आएको बताए । हिमालको वरिपरि लागेको कालो बादल र हावाहुरीपछिको हिमपातले यहाँको तापक्रम माइनस २० डिग्री पुगेको प्रजिअ देवकोटाले जानकारी दिए ।
हिजो दिउँसो करीब १ बजेबाट सुरु हिमपात अहिले बिहान ७ बजेबाट केही रोकिएको माथिल्लो मनाङका गोरे गुरुङले बताए ।
जल तथा मौसमविद् बरुण पौडेलका अनुसार, आज दिनभर मनाङको मौसम बदली हुने सम्भावना छ । तर, भोलिबाट भने मौसममा सुधार आउने पौडेलले बताए ।