Online Nepal आइतबार, जेष्ठ ६ २०८१

देशैभर कोरोना संक्रमणको ग्राफ बढ्दै, एकैदिन १९११ जना संक्रमित थपिए

देशैभर कोरोना संक्रमणको ग्राफ बढ्दै, एकैदिन १९११ जना संक्रमित थपिए


मध्यान्तर संवाददाता
  • बिहिबार, असोज १५ २०७७

  • फाइल तस्बिर

    काठमाडौं । देशैभर पछिल्लो २४ घण्टामा थप १ हजार ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहिबारको नियमित प्रेस ब्रिफिङमार्फत उल्लेखित संख्यामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसहित हालसम्म देशभर संक्रमित हुनेको कुल संख्या ७९ हजार ७२८ पुगेको छ ।

    त्यस्तै मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार विहिबार ९६१ जना कोरोनाबाट निको भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८३० रहेको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा मृतक ११ जनामा कोरोना पुष्टि भएको छ । योसहित हालसम्म मृत्यु हुनेको संख्या ५०९ पुगेको छ ।

    त्यस्तै २४ घण्टा भित्रमा १२ हजार ४४४ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    थप समाचार