Online Nepal आइतबार, जेष्ठ ६ २०८१

उपत्यकामा एकैदिन ९४३ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै ८१७ जना संक्रमित

उपत्यकामा एकैदिन ९४३ जनामा कोरोना संक्रमण, काठमाडौंमा मात्रै ८१७ जना संक्रमित


मध्यान्तर संवाददाता
  • बिहिबार, असोज १५ २०७७

  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बिहिबारको नियमित प्रेस ब्रिफिङमार्फत बिहीबार काठमाडौंका ८ सय १७, भक्तपुरका ५८ जना र ललितपुरका ६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

    त्यस्तै मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार देशैभर पछिल्लो २४ घण्टामा थप १ हजार ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित हालसम्म देशभर संक्रमित हुनेको कुल संख्या ७९ हजार ७२८ पुगेको छ ।

    डा. गौतमले विहिबार ९६१ जना कोरोनाबाट निको भएको जानकारी दिए । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ५७ हजार ३८९ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ८३० रहेको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो २४ घण्टामा मृतक ११ जनामा कोरोना पुष्टि भएको छ । योसहित हालसम्म मृत्यु हुनेको संख्या ५०९ पुगेको छ ।

    त्यस्तै २४ घण्टा भित्रमा १२ हजार ४४४ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    थप समाचार