Online Nepal शनिबार, जेष्ठ ५ २०८१

ट्रिपरको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमति घाइते

ट्रिपरको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमति घाइते


मध्यान्तर
  • शुक्रबार, पुष १३ २०७५

  • काठमाडौं । बालाजुमा ट्रिपरको ठक्कर लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । बालाजुको बाइपास स्थीत भएको हो ।

    शुक्रबार बिहान ६ बजेतिर मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेको ना ७ ख ७००५ नंको ट्रिपरले ठक्कर दिँदा ५८ वर्षीय दलबहादुर विसङ्खेको मृत्यु भएको हो ।

    महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख जे जङ्ग कार्कीले माटो बोकेर हिँडेको ट्रिपर भित्तामा पल्टिँदा चिया बेच्ने विसङ्खे र उनकी श्रीमतिलाई थिचेर घाइते भएकोमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा विसङ्खेको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।

    घाइते विसङ्खेको श्रीमतिको सोही अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया
    थप समाचार