Online Nepal आइतबार, जेष्ठ ६ २०८१

गृहमन्त्री रामबहादुर थापा भन्छन – ‘भुरा मार्दैैछौं, ठूला पनि पर्छन्’

गृहमन्त्री रामबहादुर थापा भन्छन – ‘भुरा मार्दैैछौं, ठूला पनि पर्छन्’


मध्यान्तर
  • आइतबार, साउन १३ २०७५

  • काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुन तस्करीमा संलग्न ‘माछा’ अर्थात तस्करहरु समात्ने काम जारी रहेको बताएका छन् । बुधवार गृहमन्त्रालय सम्हालेको १ सय दिन पुरा भएको अवसरमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री थापाले यस्तो बताएका हुन् । ‘माछा मार्ने काम जारी छ, अनुसन्धान जारी छ र यसमा भुरा र मझौला माछाहरु परेका छन्’ उनले भने, ‘आशा गरौं ठुला माछा पनि पर्न सक्छन् पर्नुपर्छ, एकजना माछा हिजोमात्रै फेला परेको छ, तिवारी कि के भन्ने ।’
    केही दिनअघि भएको नेपाल प्रहरीको एसपी र डिएसपी बढुवा सिफारिसमा विभेद भएको भन्ने पत्रकारहरुको जिज्ञासामा गृहमन्त्री थापाले त्यस्तो विभेद नगरीएको दाबी गरेका छन् । ‘बढुवा विगतमा तलको माथि माथिको तल गराउँदा सुरक्षा संयन्त्र अस्तव्यस्त भयो, राजनीति प्रवेश गरेर सुरक्षा संयन्त्रलाई अस्तव्यस्त बनायो’ उनले भने, ‘अहिले हामिले त्यो गल्तिलाई सच्याउँने प्रयास गरेका छौं ।’
    त्यस्तै समयममै निर्माण सम्पन्न नगर्ने जो–सुकै ठेकेदारलाई पनी कारवाही गर्न आफु पछि नपर्ने थापाले बताएका छन् । ‘समयमा काम पुरा गर्र्दैनन्, आफ्नो जिम्मेवारी पुरा नगरी कानुनको उल्लंघन गर्छन् भने राज्यले त्यसलाई अपराध मान्छ’ उनले भने, ‘समयमा काम पुरा नगर्ने जो–सुकै ठेकेदार चाहे घरवाला हुन् चाहे सांसद हुन सवैलाई कारवाही हुन्छ ।’
    श्रम मन्त्रालय सँग सम्बन्धित ठगी अथवा भौतिक पूर्वाधार मन्त्रालयसँग सम्बन्धित अनियमितता नियन्त्रण गर्ने सवालमा गृह मन्त्रालयले कानुन हातमा नलिएको दाबी गर्दै मन्त्री थालो सम्बन्धित मन्त्रालयको निर्णयपछि मात्रै कारवाही प्रक्रिया अगाडी बढाएको बताएका छन् ।
    नयाँ सरकार गठनसँगै जनताले दिएको शान्ति र सम्वृद्धिको म्यान्डेड पुरा गर्न आफु लागिपरेको उल्लेख गर्दै गृहमन्त्री थापाले गृहमन्त्रालय सम्हालेको १ सय दिनमा राम्रो शुरुवात गरेको बताएका छन् ।
    ‘सुशासन कायम गर्नका लागि ठोस कदम उठाएको छु’ उनले भने, ‘जाति, क्षेत्र, र धर्मको नाममा राजनीतिक अस्थिरता फैलाएर पूरानै अवस्थामा देशलाई लैजाने प्रयास भइरहेको छ, त्यस्तो अस्थिरता फैलाउने अतिवादी र विखण्डनकारी तत्वहरुलाई नियन्त्रण र निस्तेज गर्ने प्रक्रिया सफलतापूवर्क अगाडि बढिरहेको छ ।’  अपराध नियन्त्रण, तस्करी, कालोबजारी र ठुला ठगी नियन्त्रणका लागी ठोस कदम चालिएको उल्लेख गर्दै मन्त्री थापाले भने, ‘डनतन्त्र र गुण्डाराज पनि देशको विकास र सम्वृद्धिको बाधक बनेका छन् ।’
    गुण्डागर्दी नियन्त्रण, तस्करी र हुण्डी कारोवार निस्तेज पार्न गृहमन्त्रालयले ठोस कदम चालेको मन्त्री थापाको भनाई छ । ‘गुण्डाहरु निस्तेज गर्ने दिशामा पनी हामीले कदम उठाइरहेका छौं’ उनले भने, ‘देशमा भ्रष्टाचार, अनियममिता  र तस्करीतन्त्र छ भन्नेकुरा स्वतः सिद्ध कुरा हो भनिराख्नु पर्दैैन, यसलाई नियन्त्रण र निस्तेज नगरीकन विकास सम्भव छैन ।’

    प्रतिक्रिया
    थप समाचार