Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

आफ्नै बाबुले चक्कु प्रहार गर्दा छोराको मृत्यु

आफ्नै बाबुले चक्कु प्रहार गर्दा छोराको मृत्यु


मध्यान्तर
  • आइतबार, कार्तिक ३० २०७७

  • काठमाडौं । रुपन्देहीको तिलोत्तमामा आफ्नै बाबुले चक्कु प्रहार गर्दा छोराको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका ११ गणेश नगरका ४३ वर्षीय शेरबहादुर गुरुङले चक्कु प्रहारगरि उनको १९ वर्षीय छोरा पदमबहादुर गुरुङको शनिबार साँझ मृत्यु भएको हो ।

    मादक पदार्थ सेवन गरेका शेरबहादुरले श्रीमतीलाई जथाभावी गालीगलौज गरेका थिए । छोरा पदमबहादुरले आमालाई जथाभावी नबोल्न आग्रह गर्दा शेरबहादुरले चक्कु प्रहार गरेका थिए । बाबुको चक्कु प्रहारबाट पदमबहादुरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
    घटनामा संलग्न शेरबहादुरलाई शनिबार राति नै इलाका प्रहरी कार्यालय बुटवलको टोलीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

     

    प्रतिक्रिया
    थप समाचार