Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटमा एकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटमा एकको मृत्यु


मध्यान्तर
  • सोमबार, मंसिर १५ २०७७

  • काठमाडौं  । मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का रामबहादुर तामाङको मृत्यु भएको छ ।

    तारेकश्वर गाउँपालिका–१ दाङसिङबाट आफ्नो घर डाँडाखर्कतर्फ फर्कने क्रममा आइतबार राति छागेखोलास्थित भिरमा मोटरसाइकल दुर्घटना हुँदा ५५ वर्षीय रामबहादुर तामाङको घटनास्थलमा नै ज्यान गएको हो ।

    जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार दाङसिंह–डाँडाखर्क सडकखण्डको छागेखोला भिर भन्ने स्थानमा तामाङ चढेको बा २७ प ८६५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा उनी करिब दुई हजार ५०० मिटर तल खसेका थिए ।

    दुर्घटनापश्चात् मोटरसाइकल सडक छेउमै अड्किएको भए पनि तामाङ भने भिरबाट खसेकाले घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा परेर ज्यान गुमाएका तामाङ विसं २०७४ वैशाखमा भएको स्थानीतयहको निर्वाचनमा तारकेश्वर गाउँपालिका–६ मा साविक नेकपा एमालेबाट वडाध्यक्ष पदमा प्रतिस्पर्धामा रहेका थिए भने पार्टी एकतापश्चात् नेकपाको स्थानीय नेताको रूपमा राजनीतिमा सक्रिय थिए ।

    प्रतिक्रिया
    थप समाचार