Online Nepal बिहिबार, बैशाख ६ २०८१

अमेरिकी राजधानी वासिंटनमा थप १५ दिनका लागि सार्वजनिक आपत्‌काल जारी

अमेरिकी राजधानी वासिंटनमा थप १५ दिनका लागि सार्वजनिक आपत्‌काल जारी


मध्यान्तर
  • बिहिबार, पुष २३ २०७७

  •  काठमाडौं । अमेरिकी राजधानी वासिंटनमा थप १५ दिनका लागि सार्वजनिक आपत्‌काल जारी हुने भएको छ  ।

    त्यहांँका मेयर म्युरिअल बोसरले भनेका छन्, “धेरै मानिस यहाँ हतियारसहित हिंसामा संलग्न हुन र विनाशकारी गतिविधिका लागि आइरहेका छन् । उनीहरुले केमिकलदेखि इँटा, बोतल, बन्दुक सबै फालिरहेका छन् । र तिनको लक्ष्य अझै यसलाई जारी राख्नेछ । ”

    यो आपत्‌काल घोषणापछि शहरभरिका बासिन्दाको सुरक्षाका लागि थप स्रोत-साधन र सेना खटाइने संकेत देखिएको छ । जसमा कर्फ्यु पनि जारी रहनेछ भने अतिआवश्यक उपभोग्य वस्तुहरु वितरण गर्नेलगायत आपत्‌कालीन कार्यको तयारी पनि गरिनेछ । यो आदेश आगामी जनवरी २१, बाइडेनको ह्वाइट हाउस प्रवेश कार्यक्रमको भोलिपल्ट, दिउँसो ३ बजेसम्म जारी रहनेछ ।

    सहरमा अहिले पनि कर्फ्यु जारी छ । दर्जनौँ मानिसलाई यसको उल्लंघनको अभियोगमा पक्राउ गरिएको छ ।

    प्रतिक्रिया
    थप समाचार