Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

सवारी पार्किङ गर्दै हुनुहुन्छ, सावधान प्रहरीले ‘ह्‍वील लक’, झ्यालमा स्टिकर लगाईदेला

सवारी पार्किङ गर्दै हुनुहुन्छ, सावधान प्रहरीले ‘ह्‍वील लक’, झ्यालमा स्टिकर लगाईदेला


मध्यान्तर
  • बुधबार, पुष २५ २०७५

  • काठमाडौं । प्रहरीले काठाडौंमा जथाभावि पार्किङ गर्दा सडक जाम हुन थालेपछि यसको नियन्त्रण गर्न नयाँ विधि अपनाएको छ । काठमाडौंका साधुरा गल्लीहरुमा जथाभावि पार्किङ गर्ने प्रवृत्ति बढेका कारण यसलाई यिन्त्रण गर्नका लागी ‘ह्‍वील लक’ लगाएर झ्यालमा स्टिकर टास्न थालेको हो ।

    पहिलो पटक महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न ‘ह्वील लक’ गर्ने कार्य सुरु गरेको हो । महाशाखाका अनुसार अनाधिकृत रूपमा पार्किङ गर्ने सवारी साधनलाई विशेष कारबाहीअन्तर्गत ‘ह्वील लक’ लगाउन सुरु गरिएको बताएको छ ।

    मंगलबारदेखि सुरु गरिएको उक्त अभियानमा ४५ चारपांग्रे सवारी साधनमा ‘ह्वील लक’ गरेर चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले ‘ह्वील लक’ लगाउँदा सम्बन्धित सवारी चालकलाई उक्त कारबाहीअन्तर्गत कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने कुरा भने विस्तृत विवरणसहित तयार पारेको ‘स्टीकर’ चालकतर्फको झ्यालमा टाँस्नसमेत सुरु गरेको छ।

    महाशाखाका अनुसार ‘ह्वील लक’ खुलाउन ‘स्टीकर’मा लेखिएको ट्राफिक प्रहरीको मोबाइल वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्नुपर्नेछ। यसअघि दरबारमार्ग क्षेत्रमा एक घण्टाभन्दा बढी पार्किङ गर्ने सवारी साधनलाई ‘ह्वील लक’ लगाउँदै आएको महाशाखाले मंगलबारदेखि उपत्यकाका विभिन्न स्थानमा नियमित अनुगमन तथा कारबाही सुरु गरेको हो।

    प्रतिक्रिया
    थप समाचार