Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

प्रधानमन्त्री ओली र जापानिज विदेशमन्त्री कोनो भेट, जापानमा कामदार लैजान समस्या नभएको स्पष्ट

प्रधानमन्त्री ओली र जापानिज विदेशमन्त्री कोनो भेट, जापानमा कामदार लैजान समस्या नभएको स्पष्ट


मध्यान्तर
  • बिहिबार, पुष २६ २०७५

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जापानका विदेशमन्त्री तारो कोनोले विहिबार भेटेका छन् । उनले प्रधानन्त्री ओलीलाई बालुवाटारमा भेटघाट गरेका हुन् ।

    भेटघाटको क्रममा नेपाल–जापानबीच सिधा हवाई सेवा सञ्चालन गर्ने बिषयमा छलफल भएको छ । जापानी विदेश मन्त्री कोनोले टोकियो र ओशाकामा नेपालसंग सिधा हवाई सेवा सञ्चालनको प्रकृया अगाडि बढेको जनाएका छन् ।

    यस्तै नेपाली कामदारलाई जापान लैजाने बिषयमा पनि प्रधानमन्त्री ओली र जापानी विदेश मन्त्री कोनोबीच छलफल भएको छ । जापानले नेपालको पूर्वाधार र विकासको क्षेत्रमा नेपाललाई सहयोग गर्ने बचन दिएको भेटमा सहभागी प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए ।

    उनले नेपालबाट जापानमा कामदार पठाउने बिषयमा कानुनी अड्नचन नरहेको पनि बताए । भेटमा नेपालमा जापानी पर्यटक भित्र्याउने बिषयमा पनि छलफल भएको थियो ।

    विदेशमन्त्री कोनोले दुई देशबीच चाँडै हवाई उडान सुरु गर्न नेपाल सरकारसंग आग्रह गरेका थिए । दुई दिने भ्रमण पुरा गरी विदेशमन्त्री कानो आजै जापान फर्कदै छन् ।

    प्रतिक्रिया
    थप समाचार