Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

तिनजनाको समुहद्वारा विद्यालय जाँदै गरेकी छात्रामाथि चक्कु प्रहार

तिनजनाको समुहद्वारा विद्यालय जाँदै गरेकी छात्रामाथि चक्कु प्रहार


मध्यान्तर
  • बिहिबार, पुष २६ २०७५

  • नवलपरासी । नवलपरासीमा बिहीबार विद्यालय जाँदै गरेकी एक छात्रामाथि चक्कु प्रहार गरिएको छ । नवपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ७ स्थीत पिपरपाती सुर्यपुरा सडक खण्डमा आज बिहान करिब ९ : ०० बजे चक्कु प्रहार गरिएको हो ।

    छात्रा चक्कु प्रहारबाट सामान्य घाइते भएकी छिन । छात्राको दाहिने हात र निधारमा सामान्य चोट लागेको छ । अहिले छात्राको स्थानिय क्लिनिकमा उपचार भइरहेको छ ।

    साइकल चढेर विद्यालय जाँदै गरेकी अनिता केवट माथी उखुबारीमा कालो पट्टीले मुख बाधेर लुकेर बसेका तीन जनाको समुहले एक्कासी चक्कु प्रहार गरेको र जबर्जस्ती उखुबारीमा लग्न खोजिएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

    अहिले तिनै अज्ञात ब्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घाइते छात्रा गणेश मावि जगर्नाथपुरको कक्षा ८ मा अध्यनरत विद्यार्थी हुन् ।

    प्रतिक्रिया
    थप समाचार