Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

रक्षामन्त्री पोखरेल र डेभिड्सनबीच भेटवार्ता

रक्षामन्त्री पोखरेल र डेभिड्सनबीच भेटवार्ता


मध्यान्तर
  • शुक्रबार, पुष २७ २०७५

  • काठमाडौं । उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखरेल र अमेरिकी सेनाको इन्डो प्यासेफिक क्षेत्र प्रमुख एडमिरल फिलिप एस डेभिड्सनबीच शुक्रबार भेटवार्ता भएको छ । उनी बिहिबारदेखि नेपाल भ्रमणमा रहेका छन् ।

    सेना प्रमुख एडमिरल डेभिडसनले रक्षामन्त्री पोखरेलसँग बिहान रक्षा मन्त्रालयमा भेटवार्ता गरेका हुन् । डेभिडसन नेपालको २ दिने भ्रमणको बिहिबार काठमाडौ आएका थिए । उपप्रधान तथा रक्षा मन्त्रीसँगको भेटमा द्विपक्षीय सैन्य सहायता र एशिया प्यासेफिक क्षेत्रभित्र पर्ने इण्डो प्यासेफिक क्षेत्रको सुरक्षा चुनौति र त्यसमा अमेरिकाले खेल्न सक्ने भूमिकाबारे छलफल भएको छ ।

    अमेरिकी सेनाले नेपाली सेनाको क्षमता विकास र सैन्य कुटनैतिक सम्बन्धलाई बलियो बनाउदै लैजाने विषयमा द्विपक्षीय छलफल भएको जनाईएको छ ।

    भ्रमणमा रहेको सेना प्रमुखको टोलीले बिहिबार नै नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापासँग भेट गरिसकेको छ । सेना प्रमुख एडमिरल डेभिडसनको टोलीले काभ्रे पाँचखालस्थित नेपाली सेनाको विरेन्द्र शान्तिकार्य तालिम केन्द्रको निरीक्षण भ्रमण गर्नेछन ।

    प्रतिक्रिया
    थप समाचार