Online Nepal बिहिबार, जेष्ठ ३ २०८१

अब घुस दिनेलाई पक्राउ गर्न विशेष कार्यक्रम

अब घुस दिनेलाई पक्राउ गर्न विशेष कार्यक्रम


मध्यान्तर
  • बिहिबार, माघ १० २०७५

  • Money

    काठमाडौं । प्रहरीले आफ्नो काम गरिदिनकालागि घुस दिनेलाई पक्राउ गर्न थालेको छ । महानगरिय प्रहरी कार्यालय रानीपोखरीले गत मङ्सिरदेखि प्रहरीलाई घुस दिने र आफ्नो स्वार्थ पूरा गर्ने व्यक्तिलार्ई सजाए दिन विशेष कार्यक्रम सञ्चालन गरेको छ ।

    मङ्सिर १२ गते चक्रपथ चल्ने बा२ख ३९२४ नं को भाडाको मिनीबसमा पाकेट मार्न खोज्दा समातिएका ललितपुरका सुवास थापालाई प्रहरीलाई एक हजार ५०० घुस दिन खोज्दा प्रहरीले पक्राउ ग¥यो ।

    मङ्सिर २४ गते थापाथलीमा बा८७ प ४३३७ नं को मोटरसाइकलका चालक राजु घिसिङलाई ट्राफिक नियमविपरीत ‘यूटर्न’ गर्न खोजेपछि प्रहरीले समात्न खोज्दा एक हजार घुस दिन लाग्दा प्रहरीले पक्राउ ग¥यो ।

    पुस २ गते सोह्रखुट्टेमा ज१०प ६५२६ नं को मोटरसाइकल चालक रौतहटका सहजाद मिकरानीले मादक पदार्थ सेवान मापसेगरी सवारी चलाएपछि प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरीलाई उल्टै एक हजार दिन खोजेपछि पक्राउ ग¥यो । पुस १९ गते लु१ख ९४६९ नं को बसलाई जाँच गर्ने क्रममा खेलकूदका सामग्रीको कागजात भए रनभएको माग गर्दा बसका सहचालकले प्रहरीलाई आर्थिक प्रलोभनमा पारी एक हजार ५०० दिन खोज्दा प्रहरीले पक्राउ ग¥यो ।माथिका घटना प्रतिनिधिमूलक घटना मात्र हुन् ।

    कार्यालयले प्रहरीलाई घुस दिएर आफ्नो स्वार्थ पूरा गर्न खोज्ने व्यक्तिलाई रङ्गेहात पक्राउ गरेर कारवाही प्रक्रिया अगाडि बढाएको छ । कोहि कसैलेपनि घुस दिएमा प्रहरीको उक्त टोलीले कारवाहि गर्ने गरेको छ।

    प्रतिक्रिया
    थप समाचार