Online Nepal सोमबार, बैशाख ३१ २०८१

नैकापमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु

नैकापमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु


मध्यान्तर
  • बुधबार, जेष्ठ १९ २०७८

  • काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१३ स्थित पुरानो नैकापमा बुधबार बिहान माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु भएको छ । पर्खाल लगाउने क्रममा ढिस्को खस्दा दुई जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत थानकोटले जनाएको छ ।
    मृत्यु हुनेमा उदयपुर बेलका–८ घर भएकी ३५ वर्षिया सीता राई र मकवानपुर राङसिराङ गाउँपालिका–९ घर भएका २० वर्षिय टेकबहादुर चेपाङ छन्

    यस्तै पर्खालले थिचेर उदयपुर कटारी घर भएका २१ वर्षका मिलन तामाङ र धादिङ गल्छी गाउँपालिका घर भएका १८ वर्षिय हरि घले गम्भीर घाइते छन् ।

    प्रतिक्रिया
    थप समाचार