Online Nepal शुक्रबार, बैशाख २१ २०८१

अन्तराष्ट्रीय नेपाली युवा उद्दमी संघको लोगो बनाउँनुस पचास हजार जित्नुस

अन्तराष्ट्रीय नेपाली युवा उद्दमी संघको लोगो बनाउँनुस पचास हजार जित्नुस


मध्यान्तर
  • शनिबार, असार १९ २०७८

  • के तपाई सिर्जनशील हुनुहुन्छ ? नयां सोच र शैलीलाई अपनाएर अगाडि बढ्ने सोचमा हुनुहुन्छ ? वा कुनै संस्था, कम्पनी या ब्याबसायीक पाटाका लोगोहरू जन्माउंन या बनाउन निपुण हुनुहुन्छ ? यस्ता क्षमता भएर पनि सही अबसर पाईरहनु भएको छैन भने अब पिर नगर्नुस , तपाईहरूको क्षमता,दक्षता र सिर्जनशीलताको प्रबासमा रहनु हुने नेपालीहरूले सही मूल्यांकन गर्ने भएका छन ।

    प्रबासी नेपालीहरूसंग तपाईहरूको सहकार्य त्यतिबेला मात्र पुरा हुने छ , जब तपाईहरूले अन्तर्राष्ट्रीय नेपाली यूबा उद्दमी संघले आह्वान गरेको लोगो बनाउन लागि पर्नु हुने छ । मूलुक र प्रबासमा रहनु हुने यूबा उधमीहरूलाई एउटै थलोमा समेटेर नेपाल र नेपालीको निमित्त लागि पर्ने योजनाकासाथ गठन भएको यो संघले अब संघको आधिकारीक लोगो सिर्जना गर्न सर्जकहरू समक्ष आह्वान गरेको छ । संघले लोगोले बिश्वभरीका नेपाली यूबा उधमीहरूलाई समेट्ने खालको हुनु पर्ने जानकारी दिएको छ । लोगोमा सबै महादेशको प्रतिनिधित्व हुनु पर्ने र लोगोमा प्रयोग हुने कलरमा यूबा उधमशीलता र नेपालको प्रतिनिधित्व झल्कनु पर्ने छ ।

    तपाईहरूले आफूले बनाएको लोगो [email protected] इमेलमा पठाउंनु पर्ने छ भने लोगोमा Federation of International Nepali Youth Entrepreneurs (FINYE) को नाम हुनु पर्ने छ ।यसैबीच प्राप्त लोगोहरू मध्येबाट एक जना बिजेताको घोषणा जुलाई १५ मा गरिने जानकारी दिइएको छ । यसरी प्राप्त लोगोहरू मध्ये उत्कृष्ट एक जनाको लोगोले सम्मान र पुरस्कार सहित पचास हज़ार नेपाली रूपैंया प्राप्त गर्ने छन । बिभिन्न मूलुकमा रहेका प्रबासी नेपाली यूबाहरूको उधमशीलताप्रतिको यो लगाबको यतिबेला सांच्चै प्रशंसा हुन थालेको छ ।                    राजन घिमिरे

    प्रतिक्रिया
    थप समाचार