Online Nepal आइतबार, जेष्ठ ६ २०८१

नेप्सेमा नकारात्मक सर्किट ब्रेक, ४० मिनेटका लागि बजार बन्द

नेप्सेमा नकारात्मक सर्किट ब्रेक, ४० मिनेटका लागि बजार बन्द


मध्यान्तर
  • आइतबार, भाद्र २० २०७८

  • काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा नकारात्मक सर्किट ब्रेकर लागेको छ। बजारको परिसूचक नेप्से ५ प्रतिशतले घटेपछि सर्किट ब्रेकर लागेको हो।
    १२ः ५९ मा नेप्सेमा सर्किट ब्रेकर लागेको हो। सो बेलासम्म १४७ अंकले घटेको छ। सो अंकको गिरावटपछि परिसूचक २७७९ मा कायम भएको छ। अब ४० मिनेटपछि बजार फेरि खुल्नेछ।

    बजार खुलेको पहिलो घण्टामा ४ प्रतिशतसम्म घटबढ हुन सक्ने व्यवस्था छ भने खुलेको दुई घण्टाभित्र ५ प्रतिशतसम्म घटबढ हुन सक्छ। दिनभरमा ६ प्रतिशतभन्दा धेरै घटबढ हुन पाउँदैन। बैंकले एक व्यक्ति वा परिवारले सेयर खरिदका लागि सेयर नै धितो राखेर बैंक तथा वित्तीय संस्थाहरुबाट १२ करोडभन्दा बढी ऋण नपाउने व्यवस्था गरेको छ।

    त्यहीं व्यवस्थाकै कारण अहिले बजारमा असर परिरहेको लगानीकर्ताहरु बताउँछन्

     

     

    प्रतिक्रिया
    थप समाचार