Online Nepal शुक्रबार, चैत्र १६ २०८०

अमेरिकाकी सृजनाको नेपालमा मनकारी कार्य, सदगमय बृद्द कुटी सन्चालनमा

अमेरिकाकी सृजनाको नेपालमा मनकारी कार्य, सदगमय बृद्द कुटी सन्चालनमा


मध्यान्तर
  • मंगलबार, पुष २७ २०७८

  • असहाय बृद् बृद्दाहरूलाई सहारा दिने र उनिहरूको पालन पोषण गर्ने उद्देश्यले काठमाण्डौको बौद्ध, नयां बस्तीमा सदगमय बृद्द कुटी सन्चालनमा आएको छ ।यो कुटीको सोमबार एक कार्यक्रमबीच सन्चालक सृजना उप्रेती र उनको परिबारले रिबन काटेर शुभारम्भ गरेका थिए ।सन्चालक सृजना उप्रेतीले नेपालमा रहनु हुने आफ्नी आमा शिबमाया उप्रेती र पिता रामप्रसाद उप्रेतीको नाममा यो कुटी सन्चालनमा ल्याएकी हुन।

    लामो समयदेखी अमेरिकामा बस्दै आएकी उप्रेती अमेरिकामा पनि सामाजिक अभियन्ता र समाजसेबीका रूपमा चिनिन्छिन । कुटीमा कोही नभएका बृद्दहरूलाई निःशुल्क खान, बस्न र औषधी उपचार गरिने जानकारी दिइएको छ । सन्चालन उप्रेतीले धन भएर होइन मन भएर आफ्नो परिबारले यो मनकारी कार्यमा आबद्दता जनाएको जानकारी दिइन -‘ अहिले बृद्दहरूको सेबामा हामी लागेका छौ भने अब बिस्तारै बालबालिका र अन्य दिनदुखीहरूको सेबामा पनि कुटी समर्पित रहने छ -‘ सन्चालन उप्रेतीले बताईन् ।

    आफ्नी छोरीको यस्तो मनकारी कार्यको प्रशंसा गर्दै सन्चालन उप्रेतीकी पिता रामप्रसाद उप्रेती र माता शिब माया उप्रेतीले छोरीको धर्म लाग्ने यस्तो कार्यबाट अरूले पनि सिक्नु पर्ने कुरा बताए -‘ छोरी सानैदेखी सेबामा लाग्ने सोच र मन भएकी बिचारकी हो । त्यो कुरा उनले आजसम्म पनि निरन्तरता दिइरहेकी छिन । हामी छोरीको यो कार्यप्रति गौरब गर्छौ -‘ उप्रेती दम्पतीले भने ।

    कुटीको संरक्षण र आगामी यात्राका लागि ऐजुकेसन एण्ड माइग्रेसन कर्नरको पनि साथ रहने जानकारी दिइएको छ । शिक्षा क्षेत्रमा आबद्द ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले समय समयमा सामाजिक कृयाकलाप र समाजसेबामा पनि आफ्नो उपस्थिति जनाउंदै आएको जानकारी सुनिल उप्रेतीले दिए -‘ यसै क्रममा कुटी सन्चालनमा पनि हामी साथमा छौं र, आगामी दिनमा पनि यस्ता मनकारी कार्यमा हाम्रो सस्थाले सहभागिता जनाउंने छ -‘ उप्रेतीले भने । सदगमय बृद्द कुटी सन्चालनको यस्तो कार्यबाट मनमा शान्ति र असहायहरूबाट आशीष पाइने मनकारी कार्यको नबराज प्रसाई र दिब्यानी खरेल उप्रेती लगायतले खुलेर प्रशंसा गरे । कुटीको आफ्ना आमा बुबाको नाममा उप्रेती परिबार शरद उप्रेती,सृजना उप्रेती,अन्जना उप्रेती र सुनिल उप्रेतीले रेखदेख र संरक्षण गर्ने बताइएको छ ।
    – राजन घिमिरे

    प्रतिक्रिया
    थप समाचार