Online Nepal शुक्रबार, चैत्र १६ २०८०

संस्कृति मन्त्री आले र बलिउड अभिनेता सलमान खानबीच आज भर्चुअल संवाद हुने

संस्कृति मन्त्री आले र बलिउड अभिनेता सलमान खानबीच आज भर्चुअल संवाद हुने


मध्यान्तर
  • बुधबार, चैत्र ९ २०७८

  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आले र बलिउड अभिनेता सलमान खानबीच बुधबार आज भर्चुअल संवाद हुने भएको छ। आगामी जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने सलमानको दबङ रिलोडेड टु र पर्यटन प्रवर्द्धनबारे छलफल गर्न आज भिडियो संवाद हुन लागेको हो । यसअघि सोमबारका लागि तयभएको पूर्वनिर्धारित कार्यक्रम सलमानको स्वास्थ्य अवस्थाको कारण देखाउँदै रद्द भएको थियो ।

    ओडिसी इन्टरटेनमेन्टको आयोजनामा हुन लागेको कार्यक्रममा पर्यटनमन्त्री आलेले सलमानसँग मराठी, हिन्दी र अंग्रेजी भाषामा भर्चुअल संवाद गर्ने जनाएका छन् । ओडिसीका प्रवन्ध निर्देश सिमान्त गुरुङका अनुसार अहिले सलमान दुई दिन नेपालमा रहने तय भए पनि थप एक दिन समय थप्न प्रयास जारी रहेको छ ।

    यसअघि सोमबारका लागि तय भएको भिडियो संवाद कार्यक्रम आयोजकले नेपालबाट पैसा नहालेका कारण स्थगित भएको चर्चा बाहिरिएको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार