Online Nepal शुक्रबार, बैशाख ७ २०८१

निकट भविष्यमा युक्रेनमाथी रुसले थप आक्रमण गर्छ : नेटो

निकट भविष्यमा युक्रेनमाथी रुसले थप आक्रमण गर्छ : नेटो


मध्यान्तर
  • शुक्रबार, चैत्र १८ २०७८

  • काठमाडौं । युक्रेनको पूर्वी भागमा आक्रमणको तिव्रतालाई दोब्बर बनाउन रुसले फौजलाई पुनः समूह विभाजन गरिरहेको  नेटोले जनाएको छ ।

    नेटोका महासचिव जेनस स्टोल्टेनवर्गले भनेका छन्, “रुसले पुनः समूह विभाजन, पुनः आपूर्ति र शक्ति पुनः शसक्तिकरण गर्ने प्रयास गरिरहेको छ ।”

    यसैबीच, संयुक्त अधिराज्यले रुसले थप बलका लागि जर्जियाबाट एक हजार २०० देखि दुई हजार जनासम्म फौज ल्याइरहेको बताएको छ ।

    मस्कोले मंगलवार आफूले उत्तरी युक्रेनमा सैनिक गतिविधि घटाएर दक्षिणपूर्वमा रहेको दोन्वस क्षेत्रलाई स्वतन्त्र पार्ने काममा ध्यान केन्द्रित गर्ने जनाएको थियो ।

    “रुसको सैनिक कारवाहीको स्वरुपमा कुनै पनि परिवर्तन आएको छैन । हामीले रुसी फौजले निरन्तर गोलावारी गरिरहेको देखिरहेका छौं । तिनीहरु दोन्वास क्षेत्रमा अधिकांश शक्ति संचय गर्नेतर्फ केन्द्रित रहेको देखिन्छन्,” स्टोल्टेनवर्गले भनेका छन्, “यतिकै बेला रुसले राजधानी किभ र अन्य सहरमाथि पनि दवाव दिइरहेको छ । तसर्थ निकट भविष्यमा नै थप आक्रमण हुने र समस्या बढ्ने आशा गर्न सकिन्छ ।”

     

    प्रतिक्रिया
    थप समाचार