Online Nepal शनिबार, जेष्ठ ५ २०८१

नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहलाई दर्ज्यानी चिन्ह प्रदान

नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहलाई दर्ज्यानी चिन्ह प्रदान


मध्यान्तर
  • सोमबार, बैशाख १९ २०७९

  • काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिन्ह लगाएका छन्।

    गृह मन्त्रालयले सोमबार बिहान आयोजित कार्यक्रममा महानिरीक्षक सिंहले दर्ज्यानी चिन्ह लगाएका हुन्। महानिरीक्षक सिंहलाई गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिन्ह लगाइदिए।

    सरकारले आईतवार सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो। तर वरियताका क्रममा आफू भन्दा कनिष्ठ रहेका सिंहलाई सरकारले महानिरीक्षक बनाएको भन्दै एआईजीद्वय विश्वराज पोखरेल र सहकुल थापा असन्तुष्ट छन्।प्रहरीमा आइजिपीका चार जना दाबेदार थिए। विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुक आइजिपीका दाबेदार थिए।

     

    प्रतिक्रिया
    थप समाचार