Online Nepal शनिबार, जेष्ठ ५ २०८१

नेप्सेमा उच्च अंकको गिरावट

नेप्सेमा उच्च अंकको गिरावट


मध्यान्तर
  • सोमबार, बैशाख १९ २०७९

  • काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्सेमा उच्च अंकले गिरावट आएको छ । सोमबार सेयर बजार परिसूचक नेप्से ४८.७३ अंकले घटेर २३०७.४४ विन्दुमा झर्‍यो ।

    नेप्से कारोबार सुरुवातको समयदेखि नै घट्न थालेको थियो । कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्सेमा पहिरो गएको हो ।

    यसदिन पनि जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतले पोजेटिभ सर्किट लाग्यो भने नेसनल फाइनान्सको सेयर मूल्यमा १० प्रतिशतले नेगेटिभ सर्किट लाग्यो ।

    २२८ कम्पनीको कारोबार हुँदा १८७ कम्पनीका सेयरधनीले गुमाए । सात कम्पनीको सेयर मूल्य बढ्यो भने प्रुडेन्सियल इन्स्योसेन्सको सेयर मूल्य भने स्थिर रह्यो ।

    सोमबार ३९ लाख ७८ हजार कित्ता सेयर एक अर्ब ४२ करोड ३४ लाख रुपैयाँमा खरिद–बिक्री भएको छ ।

    प्रतिक्रिया
    थप समाचार