Online Nepal शनिबार, जेष्ठ ५ २०८१

हाम्रा चाडपर्व, सांस्कृतिक रीतिरिवाज र रहन सहनको संरक्षण र संवद्र्धन गर्न इद पर्वले सबैलाई थप प्रेरणा मिल्छ : प्रधानमन्त्री देउवा

हाम्रा चाडपर्व, सांस्कृतिक रीतिरिवाज र रहन सहनको संरक्षण र संवद्र्धन गर्न इद पर्वले सबैलाई थप प्रेरणा मिल्छ : प्रधानमन्त्री देउवा


मध्यान्तर
  • मंगलबार, बैशाख २० २०७९

  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालसहित विश्वभरका इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इद उल फित्र)का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

    मंगलवार उनले शुभकामना सन्देशमार्फत धार्मिक, सांस्कृतिक विविधताभित्रको एकता हाम्रो पहिचान भएको उल्लेख गर्दै धर्म, संस्कार र संस्कृति अमूल्य निधि भएको र यस्ता अमूल्य निधिको संरक्षण र संवद्र्धन गर्नु सबैको साझा दायित्व भएको बताए ।

    प्रधानमन्त्री देउवाले राज्यले पनि यसको संरक्षण, विकास र प्रवद्र्धनको नीति लिएको उल्लेख गर्दै हाम्रा चाडपर्व, सांस्कृतिक रीतिरिवाज र रहनसहनको संरक्षण र संवद्र्धन गर्न यस पर्वले सबैलाई थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया
    थप समाचार