Online Nepal शनिबार, जेष्ठ ५ २०८१

पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना


मध्यान्तर
  • मंगलबार, बैशाख २० २०७९

  • काठमाडौं । हाल देशमा तीनवटा मौसमी प्रणालीको प्रभाव छ । स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथर भू–भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    अहिले देशभर आंशिकदेखि सामान्य बदली छ । प्रदेश नम्बर–१ को एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अरू भू–भागमा मौसम सामान्यता सफा रहनेछ । पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अरू भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश–१, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया
    थप समाचार