Online Nepal शनिबार, जेष्ठ ५ २०८१

६४ जिल्लामा १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी भयो

६४ जिल्लामा १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी भयो


मध्यान्तर
  • मंगलबार, बैशाख २० २०७९

  • काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनका लागि ६४ जिल्लामा १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी भएको छ । मधेस प्रदेशका जिल्ला र बागमती प्रदेशका केही जिल्लामा ढुवानी गर्न बाँकी रहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार मधेस प्रदेशका जिल्ला र बागमतीका केही जिल्लामा ढुवानी गर्न बाँकी छ ।

    ७५३ वटा स्थानीय तहमा ६ हजार ७४३ दलित महिला सदस्य पदका लागि १ सय ७० दलित महिला सदस्य पदमा मनोनयन दर्ता नभएको उनले बताए । ३५३ जना उम्मेदवार विभिन्‍न पदमा निर्विरोध निर्वाचित भएको उनले जानकारी दिए ।

    सोहीअनुसार आचारसंहिताको प्रावधान विपरित उम्मेदवार तथा राजनीतिक दलप्रति लक्षित गरी मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोष्ट नगर्न आयोगले आग्रह गरेको छ ।

     

     

     

    प्रतिक्रिया
    थप समाचार