Online Nepal शनिबार, जेष्ठ ५ २०८१

मिक्सरमा १०० ग्राम सुन लुकाइ ल्याउने एक युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ

मिक्सरमा १०० ग्राम सुन लुकाइ ल्याउने एक युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ


मध्यान्तर
  • मंगलबार, बैशाख २० २०७९

  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक पुरूषलाई आज बिहान प्रहरीले नियन्त्रणमा लिएको छ।

    मंगलबार बिहान ७ बजे कुवेतबाट जजिरा एअरमार्फत काठमाडौं आएका एक यात्रुबाट सुन बरामद गरेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । रुपन्देहीका २८ वर्षीय सरोज कार्की पक्राउ परेका हुन्।

    विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्ने क्रममा उनले ल्याएको मिक्सरको भित्री भागमा फल्स बटम बनाइ करिब १०० ग्राम सुनलाई बाहिर कालो टेपले बेरेर लुकाइ ल्याएको फेला परेको हो।

    भन्सार ऐन, २०६४ तथा आर्थिक ऐन, २०७८ अनुसार विदेशबाट नेपाल आउने नेपाली यात्रुले अधिकतम १०० ग्रामसम्म काँचो सुन लिएर आउँदा भन्सार कार्यालयमा घोषणा गरी भन्सार राजस्व तिरेर ल्याउन पाउने कानूनी व्यवस्था छ।

    त्यसरी राजस्व तिर्दा १०० ग्राम सुनको १ लाख ५६५ रुपैयाँ राजस्व तिर्नुपर्ने हुन्थ्यो। तर यात्रुले भन्सार राजस्व छल्ने वद्नियतका साथ भन्सार कार्यालयमा घोषणा नगरी सुन लुकाई छिपाई ल्याएको पाइएको भट्टराईले बताए।

    उनकाअनुसार भन्सार राजस्व छलेर सुन आयात गर्दा भन्सार कार्यालयले प्रचलित कानून बमोजिम त्यस्तो सुन जफत हुने र सुनको प्रचलित बजार मूल्य बराबर जरिवाना र कैद सजायसमेत हुन्छ।

    प्रतिक्रिया
    थप समाचार