Online Nepal शनिबार, जेष्ठ ५ २०८१

लेखा परीक्षण व्यवसायमा अत्यन्तै इमान्दारिता, स्वच्छता र जिम्मेवारी बोधको आवश्यकता छ : अर्थमन्त्री शर्मा

लेखा परीक्षण व्यवसायमा अत्यन्तै इमान्दारिता, स्वच्छता र जिम्मेवारी बोधको आवश्यकता छ : अर्थमन्त्री शर्मा


मध्यान्तर
  • मंगलबार, बैशाख २० २०७९

  • काठमाडौं र अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सबलीकरणका लागि मर्यादित र व्यवसायिक लेखा परीक्षण हुनुपर्ने बताएका छन् । मंगलबार  राजधानीमा आयोजना गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले सम्पूर्ण सम्पत्तिको सही लेखा जोखा गर्नुपर्ने दायित्वबाट लेखा परिक्षक बिमुख हुन नहुने धारणा राखे।

    कुनै पनि व्यवसाय वा सम्पत्तिको लेखा परीक्षण गर्ने क्रममा जोड–घटाउमा थोरै मात्र तलमाथि भए राष्ट्रिय अर्थतन्त्रमा नै असर गर्नेतर्फ लेखा परिक्षकहरुलाई ध्यान दिन उनले आग्रह गरे। ‘जोड गर्नुपर्ने ठाउँमा घटाउ राखियो वा घटाउनुपर्ने ठाउँमा भाग वा गुणा गरियो भने त्यसले हिसाब मात्रै बिगार्दैन, राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो असर गर्छ भन्ने कुरामा तपाईहरु (लेखा परिक्षक) ले ख्याल राख्नुहोला, उनले भने।

    लेखा परीक्षण व्यवसाय अर्थतन्त्रको मूल आधार र समग्र देशको आर्थिक चित्र देखाउने ऐना भएको उनले बताए । निजी, सरकारी, गैर–सरकारी सबै क्षेत्रमा लेखा परीक्षण क्षेत्रले राम्रो भूमिका खेलेको छ, उनले भने, लेखा परीक्षण व्यवसायमा अत्यन्तै इमान्दारिता, स्वच्छता र जिम्मेवारी बोधको आवश्यकता छ ।’

    उनले बित्तीय अनुशासन कायम गर्नरगराउन लेखा परिक्षकको भूमिका महत्वपूर्ण हुने बताए। उनले लेखा परीक्षण कुनै संस्था वा कम्पनीको हिसाब किताबमा मात्रै सिमित नभइ समग्र देशको सम्पत्ति मूल्यांकनमा पनि प्रयोग हुनुपर्ने बताए। उनले गरिबी अन्त्यका लागि देशको अर्थ व्यवस्थाको ‘अडिट’हुनुपर्ने बताए। ‘वषौंदेखि बहुआयामिक गरिबी किन भइरहेको छ । यसको अडिट गर्नुपर्‍यो । जोड राख्नुपर्ने ठाउँमा घटाउ राखेर हिसाब गर्दा पो यस्तो भएको हो कीु उनले भने, अब गरिबीको सही ढंगले अडिट गरियो भने हामी सुधार गर्न सक्छौं ।

    उनले अर्थतन्त्र सुधारका लागि सबै क्षेत्रको अडिट हुनुपर्ने भन्दै हिमालको सम्पत्ती, तराईको जमिन, देशभरका नदीमा बगेको पानीलगायतको अडिट गरेर राष्ट्रिय सम्पत्ति यकिन गर्नुपर्ने बेला आएको बताए। अहिले राष्ट्रिय सम्पत्तिको अडिट गर्नुपर्ने बेला भएको छ, उनले भने ।

     

    प्रतिक्रिया
    थप समाचार